View Point Long Banner Ad

ज्येष्ठ नागरिकलाई खाँडादेवी गाउँपालिकाको सम्मान, घर घरमा गएर ब्ल्याङकेट वितरण

काठमाडौं ।रामेछाप खाँडादेवी गाउँपालिकाले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ब्ल्याङकेट वितरण गरेको छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडाको रुपमा ब्ल्याङकेट वितरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाका ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा नै गएर ब्ल्याङकेट दिएर सम्मान गरिएको बताइन् ।
गाउँपालिकामा ८५ वर्ष माथिका २ सय १७ जना ज्येष्ठ नागरिक भएको तथ्यांक रहेको बताउँदै सबैका घरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि तथा सम्भव भएसम्म राजनीतिक दलका नेताहरु समेत पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

ज्येष्ठ नागरिकको घरमा नै पुग्दा उनीहरुको अवस्था र समस्या बारे जानकारी हुने भएकोले यस्तो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । ‘एउटा ब्ल्याङकेटले हुने त केही होइन तर ज्येष्ठ नागरिकको अवस्था कस्तो छ, उहाँहरुका समस्या के छन् भन्ने कुरा सुन्न, उहाँहरुका सुझाव लिन घरमा नै जाने बाटो हो यो, घरमा जाँदा खालि हात नजाने भनेर ब्ल्याङकेट लिएर गएका हौँ’, श्रेष्ठले भने ।

नागरिकका घर घरमा जाँदै धेरै कुराको ज्ञान प्रात भएको उनले सुनाए । यसले गाउँपालिकाले काम गर्दा ध्यान दिनुपर्ने कुरा तथा योजना बनाउँदा ख्याल गर्नुपर्ने धेरै विषयको जानकारी प्राप्त भएको श्रेष्ठले बताए ।

गाउँपालिकाको यो कामलाई कतिपयले राजनीति गर्न खोजेको भन्ने आरोप लगाएको भए पनि यो नितान्त सामाजिक काम भएको उनले दाबी गरे । ‘ज्येष्ठ नागरिकलाई भेट्ने, उनीहरुको कुरा सुन्न र सम्मान गर्ने कुरामा के राजनीति हुनु’, उनले भने ।

गाउँपालिकाले वडा नं ३, ४, ५, ६, ७ र ९ का केही ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरिसकेको बताउँदै गाउँपालिकाकी कर्मचारी बिहानी सिञ्जाली मगरले बताइन् ।
वडा नं १, २, ८ मा भने वितरण गर्न बाँकी रहेको उनले जानकारी दिइन् । वितरण गरिएका वडाका पनि केही नागरिक छुटेकाले उनीहरुलाई पनि घरमा नै गएर दिने कार्यक्रम रहेको उनले बताइन् ।
‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु समेत भएर सबैलाई घर घरमा नै गएर सम्मन गर्ने कार्यक्रम छ’, उनले भनिन् ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...