View Point Long Banner Ad

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव पक्राउ

 

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकिय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पुर्व स्वकिय अनिललाई विहिवार विहान विराटनगरट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपी पोखरेलललाई विहिवारै ठगी गरेर अपराधिक लाभ लिएको कसुरमा मोरङ अदालतबाबाट म्याद थप गराएर अनुसन्धान थालिने मोरङका एसपी नारायणप्रसा चिमोरियाले बताए ।

मोरङ प्रहरीले उच्च अदालतको आदेशको फैसला सहित पिडित बौआलाल सम्प्र्कमा आएपछि २१ पुसमा पुर्व स्वकिय सचिव अनिल विरुद्ध किटानी जाहेरी दर्ता गरेको थियो । २२ पुसमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर अनिलको खोजी थालेको थियो ।

आरोपी अनिलले एमाले कोटाबाट एमबिबिएसमा नाम निकाल्ने र होस्टलको समेत प्रबन्ध गराईदिने भनेर कृषीका पुर्व कर्मचारी सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।

एमविविएसमा छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २५ असार २०७४ मा पैसा फिर्ता दिने बहानामा काठमाण्डौ बोलाएर ५० लाख उल्टै ऋण लिएको जबरजस्ती कपाली तमसुक बनाएर हस्ताक्षर गराएका थिए । त्यसपछि पटक पटक कार्वाही माग गर्दै एमाले पार्टी कार्यालय र प्रहरीकहाँ धाइरहेका बौआलालले न्याय नपाएपछि जर्वदस्ती ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा ३१ साउन २०७९ मा ठगी गरि अपराधिक लाभ लिएको आरोपमा परमादेश माग गर्दै निवेदन दर्ता गराएका थिए ।

अदालतले उक्त्त मुद्दामा ३१ भ्दौ २०८१ मा अन्तिम फैसला गर्दै पुर्व पुर्व स्वकिय अनिल पोखरेललाई पक्राउ गरेर कानुनी कार्वाही गर्न प्रहरीलाई आदेश गरेको थियो । ११ पुस २०८१ मा प्रमाणिकरण भएको आदेशको पुर्णपाठ २१ पुसमा मोरड प्रहरीले प्राप्त गरेको थियो भने पिडित बौआलालले पनि सम्पर्कमा आएर किटानी जाहेरी दिएका थिए ।

यसअघि बौआलालले दिएको किटानी जाहेरी इलाका प्रहरी रंगेली र जिल्ला प्रहरी मोरडले लिन नमानेपछि बौआलालले १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी दर्ता गराउन मोरङ प्रहरीमा पठाएका थिए । तर मोरड पहरीले दुई पटक हुलाकको जाहेरी प्राप्त नभएको भन्दै उच्च अदालतलाई जवाफ पठाएको थियो । तर हुलाकको दर्ता कितावमा जाहेरी पठाएको पृष्टि भएको र अनिलले पैसा लिएको पनि बैक स्टेटमेन्टबाट प्रस्ट भएको अदालतले ठहर गरेको थियो ।

पहिले गाउँ कमिटी स्तरका कार्यकर्ता रहेका पुर्व स्वकिय अनिललाई एमाले नेता ऋषिकेश पोखरेलले नै संरक्षण गर्दै आफु अध्यक्ष भएको बेला जिल्ला कमिटी सदस्य बनाएका थिए । अनिल २०७९ को प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सांसदका लागि पनि पहिलो नम्बरमा सिफारिस भएका थिए । तर टिकट भने लिलाबल्लभ अधिकारीले पाएका थिए ।

स्वकिय सचिव अनिल पोखरेलले ठगी गरेको अदालतबाट प्रमाणित आदेश भैसकेको समाचार सार्वजनिक भएपछि प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति सभापति तथा मोरङ २ नम्बर क्षेत्रका संघिय सांसद ऋषिकेश पोखरेलले हतार हतार स्वकिय अनिललाई हटाएका थिए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...