View Point Long Banner Ad

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित, परीक्षा नजिकिएका विद्यार्थीले फारम भर्न पाएनन्

४ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् ।

कक्षा ९ को रजिस्ट्रेशन फारम पुसको पहिलो साता भरिसक्नुपर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउने निर्णय भएको छैन ।

 

कक्षा ९ र ११ को रजिस्ट्रेशन शुल्क उठाउने कि नउठाउने भन्ने विवादले विद्यार्थीलाई परीक्षा फारम भर्न ढिलाइ भएको हो ।

‘शुल्क नलिनेगरी फाइल उठाएर मन्त्रालयका पठाएका छौँ । मंसिर मसान्तसम्म टुंगो लगाउने भनेको थियो तर निर्णय आएको छैन’ कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘क्यालेन्डर अनुसार रजिस्ट्रेशन भराउने समय यो हप्ता हो । लिने वा नलिने निर्णय होला ।’

 

पौडेल मन्त्रालयको निर्णय कुरिरहेको बताउँछन् ।

कक्षा ९ को रजिस्ट्रेशन शुल्क राजश्वमा जान्छ । त्यसैले निःशुल्क गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक परेकाले ढिलाइ भएको मन्त्रालयको भनाइ छ । शिक्षा मन्त्रालयले ९ को रजिस्ट्रेशन शुल्क नलिन अर्थ मन्त्रालयमा पत्र पनि पठाइसकेको छ ।

‘९ कक्षाको रजिस्ट्रेशन शुल्क राजश्वमा जाने रहेछ । यो विषयमा राजश्व लिन पाइँदैन भनेर शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको छ,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, ‘अर्थमन्त्रालयबाट सुनिश्चतता आएको छैन ।’

मन्त्री भट्टराईले सरकारले ९ कक्षाको राजश्व नलिने जिकिर गर्छिन् ।

कक्षा ९ मा ५ लाख बढी विद्यार्थीले रजिस्ट्रेशन फारम भर्छन् । ९ कक्षामा रजिस्ट्रेशनबाट वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको बताउँछन् परीक्षा नियन्त्रक पौडेल । ‘राजश्व छुट गर्न अर्थ मन्त्रालयले सहमति दिनुपर्छ,’ उनले भने ।

तर, मन्त्री भट्टराई ९ कक्षामा समस्या नरहेको बताउँछिन् । ‘मन्त्रालयले बजेट सुनिश्चत गर्ने भनेको छ । कक्षा ९ मा समस्या छैन । परीक्षा नियन्त्रण कार्यालयले अर्थ मन्त्रालयको सहमति कुरेको हो । काम अगाडि बढाउँदा फरक पर्दैन,’ मन्त्री भट्टराईले भनिन् ।

उता राष्ट्रिय परीक्षा बोर्डले ११ को रजिस्ट्रेशन फारम भरेर शुल्क उठाइसकेकाले यो वर्ष लागु गर्न कठिन हुने बताउँदै आएको छ । बोर्डले कात्तिकमै विद्यार्थीलाई फाराम भराएको थियो । राजिस्ट्रेशन शुल्क उठाइसकेकाले बोर्ड अलमलमा परेको हो ।

‘शुल्क लिने नलिने टुंगिएको छैन । शुल्क के गर्ने भनेर अड्किएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

शिक्षा मन्त्रालयले यो वर्ष उठाएको भए अर्को वर्ष भने नउठाउन अहिले नै निर्देशन दिएको छ । रजिस्ट्रेशन शुल्क मात्र होइन, ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम नभराउन पनि शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

‘९ मा रजिस्ट्रेशन फारम भरेपछि ११ मा भर्नुपर्दैन । यो वर्ष फारम भरेर शुल्क उठाएको भए अर्को वर्षबाट नलिने निर्णय अहिले नै गर्न बोर्डलाई भनेको छ,’ मन्त्री भट्टराईले भनिन् ।

अहिले ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएको छ । कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भएकाले दुई पटक रजिस्ट्रेशन भर्नु नपर्ने तर्क शिक्षा मन्त्रीको हो । तर राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी भने ९ र ११ दुवैमा रजिस्ट्रेशन फारम भर्नुपर्ने पक्षमा छन् ।

परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा यो विषयमा बोर्डले छिट्टै निर्णय गर्ने बताउँछन् । ‘कक्षा ११ को विषयमा बोर्डले निर्णय गर्छ,’ अध्यक्ष शर्माले भने । कक्षा ११ मा पनि रजिस्ट्रेशन फारम भर्ने विद्यार्थी ५ लाख हुन्छन् ।

२०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन अनुसार विद्यालय तहको शिक्षा निःशुल्क हुने भन्दै मन्त्री भट्टराई ऐन कार्यान्वयनको पक्षमा उभिएकी छिन् । तर मन्त्रालयकै एक अर्को निकायबीच फरक फरक मत आइरहेको छ । जसका कारण विद्यार्थीको फारम भर्ने समय भने घर्किन थालेको छ ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...