View Point Long Banner Ad

सिरहामा सडक दुर्घटना घटे पनि मृत्युदर बढ्दो

काठमाडौं । सिरहा जिल्लामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा ४५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो । यसमा ६८ जनाले ज्यान गुमाएका थिए । एक हजार पाचँ सय ७९ जना घाइते भएका थिए । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रमलाई तीव्रता दिए तापनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

‘दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको देखिन्छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ’, प्रहरी निरीक्षक थपलियाले भने ।

उनका अनुसार मापसे र लापसे गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो मात्राका अव्यवस्थित सिटी रिक्सालगायत कारण दुर्घटना हुने र मानिसको मृत्यु हुने गरेको छ ।

 

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव नहुने जनाउँदै प्रहरी निरीक्षक थपलियाले सरोकारवाला सम्पूर्ण निकायले सार्थक पहलकदमी लिनुपर्नेमा जोड दिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...