View Point Long Banner Ad

गढीमाई मेलामा खाद्यवस्तुको परीक्षण

 

काठमाडौँ । बारास्थित जारी गढीमाई मेलाको खाद्यवस्तुको परीक्षण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्यापिड रेसपोन्स टिमले मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बारास्थित गढीमाई मेलाको खाद्य वस्तुको परीक्षण गरिएको हो ।

अनुगमनका क्रममा दुध, खुवा, प्रशोधित पिउने पानी, कटन क्याण्डी, लड्डु, जेरी, चप, पानी पुरी तथा तेल लगायतका गरी १३८ वटा नमुनाहरूको स्थलगत प्रयोगशाला परीक्षण चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्याण्डी नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ ।

सो मेलामा उपस्थित उपभोक्ता तथा बिक्रेता समेतलाई खाद्य स्वच्छताबारे जानकारी एवं सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निरीक्षण अनुगमन गरिएको हो । मेला महोत्सवहरूमा बिक्री वितरण हुने खाद्य पदार्थहरूमा अत्यधिक रंगको प्रयोग, उपभोग्य अवधि समाप्त भएका खाद्य वस्तुहरूको बिक्री वितरण, खाद्य वस्तुहरू तार्न एउटै तेलको बारम्बार प्रयोग, लेखिएको मसी भएको कागजमा खाद्य पदार्थहरूको प्याकिङ, अखाद्य रंगहरुको प्रयोग, खाद्य वस्तुहरूको उचित तापक्रममा भण्डारणको अभाव, खाद्य वस्तुहरू तयार गर्दा सरसफाइको कमी जस्ता समस्याहरू देखिने गरेको विभागले जनाएको छ ।

जसबाट उपभोक्ता स्वास्थ्यमा असर पर्न सक्ने तथा खाद्य स्वच्छता कायम हुन नसक्ने हुँदा यस्ता मेला महोत्सवहरूमा अनुगमन तथा उपभोक्ता सचेतना कार्यहरू विभागले गर्दै आएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...