मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने
काठमाडौं, १६ भदौ ।
नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दर्शकका प्रवेशका लागि नेपाल सरकार र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताए ।
उनकाअनुसार प्रत्येक खेलमा ५ हजार १ सय दर्शकले प्रवेश पाउनेछन् र टिकटको बिक्री अनलाइनबाट हुनेछ ।
उनले त्यस अवसरमा भने, ‘दर्शकले रंगशालामा प्रवेशका बेला खोपको दुवै मात्रा लिइसकेको अथवा पीसीआर परीक्षण गरेको नतिजा पेस गर्नुपर्नेछ ।
हामीले सरकारबाट तोकिएका सबै स्वास्थ्य मापदण्ड पूरा गर्नेछौं ।’
वि.सं.२०७८ भदौ १६ बुधवार १५:४३
















