View Point Long Banner Ad

राहदानी विभाग परिसरमा फोटो-भिडियो खिच्न सञ्चारमाध्यमलाई रोक

 

९ मंसिर, काठमाडौं । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटोरभिडियो खिच्न निषेध गरेको छ ।

पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटोरभिडियो खिच्न निषेध गरेको हो ।

यही सूचना पाएपछि आज अनलाइनखबरको टोली पनि त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा पुगेको थियो । अनलाइनखबरकर्मी रविन्द्र घिमिरे र शंकर गिरीलाई प्रहरीहरुले अघिपछि लागेर महानिर्देशक तिर्थराज अर्यालको कार्यकक्षसम्म पुर्‍याएका थिए ।

महानिर्देशक अर्यालले भवनको, कर्मचारीको र मुख्य गेटको फोटोरभिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न नपाइने बताए ।

‘सेवाग्राहीले हाम्रो अनुहार मिडियामा आयो भनेर गुनासो गर्नुहुन्छ, त्यही भएर सेवाग्राही देखिने गरी फोटोरभिडियो खिच्न पाउनुहुन्न,’ उनले भने ।

महानिर्देशक अर्यालले यसो भने पनि त्यसको सूचना भने विभाग परिसरमा कतै पनि टाँस गरिएको देखिएन । सेवाग्राहीहरुले पनि क्यामरा सामु आफ्ना समस्याबारे बोलेका छन् ।

हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...