View Point Long Banner Ad

आगामी चुनावमा भाग लिने नेत्रविक्रम चन्दको संकेत

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी ०८४ को चुनावमा भाग लिने संकेत गरेका छन् ।पार्टीको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट चन्दले आगामी चुनावमा भाग लिन सक्ने निर्णय हुन सक्ने बताएका हुन् ।

‘६ हजार वार्डमा चुनाव लड्नेछौं । ७५३ पालिकामा लड्नेछौं, १६५ मा लड्नेछौं’, उनले भने, ‘युवा साथीहरु, बुद्धिजिवी साथीहरु, देशभक्तहरु, जनजातिहरु, महिलाहरु, मजदुर किसानहरुको साथ लिएर एकचोटी एकीकृत जनक्रान्तिलाई ०८४ मा प्रयोग गर्ने चाहना छ ।’

आफ्नो पार्टीलाई चुनावमा भाग लिने सुझाव समेत आएको उनले बताए । ‘हामीलाई सुझाव पनि छ, तपाईँहरुले बन्दूकको कुरा मात्र गरेर हुँदैन, तपाईंहरुले युद्धको कुरा मात्रै गरेर हुँदैन, हामीलाई भाग लिन दिनुस् भन्ने मध्यम वर्गका साथीहरुको आग्रह छ’, चन्दले भने ।

चुनावमा भाग लिने सुझाव समेत भएकाले ०८४ मा सबै तहको चुनावमा भाग लिन सक्ने संभावना रहेको चन्दले बताए । ‘नेकपाले सबै मोर्चाबाट संघर्ष गर्छ, आउदो ८४ मा सरकार यदि प्रतिस्पर्धा गर्न चाहन्छ भने तीन बुँदेलाई लागू गरोस्, हामीले भनेका छौं’, उनले भने ।

विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चन्दले तीन बुँदे कार्यान्वयनको माग गरे । ओली प्रधानमन्त्री हुँदा नै तीन बुँदे सहमति भएकाले कार्यान्वयन गर्न पनि उनले माग गरे ।

तर तीन बुँदे सहमति बिपरीत आफ्ना कार्यकर्ताहरुविरुद्ध मुद्दा चलिरहेको उनको भनाइ थियो । यदि मुद्दा फिर्ता लिएर तीन बुँदे कार्यान्वयन गर्ने हो भने पार्टीले सबै चुनावमा भाग लिने चन्दले बताएका छन् ।

‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने तीन बूँदेलाई इमान्दारीपूर्वक लागू गरिन्छ भने हामी यो ०८४ मा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार छौं’, चन्दले भने ।

माओवादीको सशस्त्र राजनीतिमा सामेल भएका चन्दले कुनैपनि संसदीय चुनावमा भाग लिएका छैनन् । जबकी ०६४ सालको पहिलो संविधान सभामा माओवादी पहिलो राजनीतिक शक्ति बनेको थियो भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए ।

त्यस यता प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसके भने डा.बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भइसके । तर संसदीय अभ्यासप्रति असहमत चन्दले माओवादीभित्रै विद्रोहको पक्षधर रोजेका थिए ।

संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा मोहन वैद्यले पार्टी फुटाउँदा चन्दले पनि साथ दिएका थिए । वैद्य नेतृत्वकै शक्तिले ०७० को दोस्रो संविधान सभाको चुनाव बिथोल्ने प्रयास गरेको थियो ।

तर वैद्य नेतृत्वको पार्टीमा पनि असहमति जनाउँदै चन्दले ०७१ मा आफ्नै नेतृत्वको पार्टी घोषणा गरेका थिए । एकीकृत जनक्रान्तिको घोषणा सहित उनी नेतृत्वको पार्टीले गरेको गतिविधिलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले प्रतिबन्ध समेत लगायो । त्यस क्रममा १५ जना कार्यकर्ताको ज्यान गयो ।

यसपछि २०७७ फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेपछि चन्द शान्तिपूर्ण राजनीतिक गतिविधिमा छन् । यद्यपि संसदीय चुनावमा भाग लिएका छैनन् ।

अप्रत्यक्ष रुपले उम्मेदवार उठाउने अथवा अरु कुनै दललाई समर्थन गर्ने नीति लिदै आएको छ । तर यदि तीन बुँदे कार्यान्वयन भए आगामी चुनावमा भाग लिन सक्ने चन्दले सार्वजनिक सन्देश दिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...