View Point Long Banner Ad

देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले एक दिने ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न

देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले एक दिने ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले शुक्रबार पदयात्रा सम्पन्न गरेको हो।

संगठनले पदयात्राको माध्यमबाट तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउँदै देशलाई नशामुक्त घोषणा गर्न खबरदारी गर्ने उद्देश्यले पदयात्रा गरेको जनाएको छ।

नशामुक्ति अभियानका अन्तर्राष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न श्रद्धेय अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधीहरुका साथै पदयात्रामा हजारौंको उपस्थिति रहेको संगठन सचिव डा। मिनु सिग्देलले बताइन्। पदयात्राको क्रममा यात्रु एवम् घर–घरबाट निस्किएका सहभागीले अभियानको समर्थन जनाएका थिए । कतिपयले अभियानमा सहभागीहरुलाई पुष्प वर्षासहित स्वागत गरेको सचिव सिग्देलले जानकारी दिइन्।


पत्रयात्राको रुटमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा समेत हजारौँले हस्ताक्षर गरेर सहमति जनाएको संगठनले जनाएको छ । यसअघि नै संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन अभियान सम्पन्न गरिसकेको छ ।

पदयात्रा ललितपुरको मंगलबजार पाटन दरबार स्क्वायरस्थित कृष्णमन्दिर परिसरबाट आरम्भ भएको थियो। यस्तै पाटन कृष्णमन्दिरबाट–प्रभात मावि त्यागल–महाबौद्ध मन्दिर बकुबहाल–थैना–टंगल–इति टंगल–प्रयागपोखरी–लगनखेल बसपार्क नमुना मछिन्द्र मावि–पाटन हस्पिटल– ईखालखु–पूर्णचन्दी मन्दिर मानभवन–जावलाखेल पुल्चोक ललितपुर महानगरपालिका मदन स्मारक स्कुल नःटोल गाँबहाल महापाल हुँदै पुनः पाटन दरबार स्क्वायर कृष्ण मन्दिरमै पुगेर समापन भएको थियो।

समापन कार्यक्रममा सिद्धाश्रम रत्न श्री अजय अवस्थीले देशको भविष्यका अभियन्ता युवा वर्गलाई सचेत गराउँदै नशामुक्त नेपाल घोषणा गर्न अत्यावश्यक रहेको बताए। देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाइ थियो।

संगठनले विगत १६ वर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हजारौं परिवारलाई नशामुक्त बनाइसकेको दाबी गरे।

यस्तै, संगठनले ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने मूल नारासहित गत साउनदेखि देशव्यापी रुपमा एक करोड वृक्षरोपण अभियान सञ्चालन गरेको छ। संगठनद्वारा आम नागरिकको सहयोगमा मेचीदेखि महाकालीसम्म जारी वृक्षरोपण अभियान तीव्र रुपमा अघि बढिरहेको सचिव सिग्देलले बताइन्।


संगठले ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को देशव्यापी अभियानअन्तर्गत आध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कुसंस्कार तथा राजनीतिक भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउँदै आएको छ।

यस्तै जातिभेद, छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहीनतालगायत कुसंस्कारबाट ग्रसित मानव समाजलाई मूल सनातन संस्कृति र ऋषिकालीन परम्परासँग जोड्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...