View Point Long Banner Ad

भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।

लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।

३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।

भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

मस्टाङका चालक तामाङले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२ः३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङको एक मात्र कार ९सवारी साधन०संलग्न थियो। यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

तामाङलाई अधिकारीहरूले कारागार पुर्‍याउनु अघि अस्पताल लागेका थिए । दुर्घटनामा उनलाई के कति चोटपटक लागेको हो भन्ने बताइएको छैन । तेस्रो यात्रु पनि घाइते भएको तर अधिकारीहरूले उनको चोटबारे थप विवरण दिई नसकेको एनबिसीवाशिंगटनले जनाएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...