रसुवामा करिब दुई किलो सुनसहित एक जना पक्राउ
काठमाडौं। कालिका गाउँपालिका (१,ग्राङबाट करिब २ किलो सुनसहित गोसाइकुण्ड गाउँपालिका(३, ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी केशव भट्टराईका अनुसार लामालाई सुनसहित बिहीबार बेलुका पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२(०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सुन फेला पारेको थियो । प्रहरीका अनुसार लामाले सुन आफूले लगाएका दुवै जुत्ताभित्र राखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १२:०८
















