View Point Long Banner Ad

दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा

 

 

५ मंसिर, काठमाडौं। दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गर्दा प्रहरीलाई अवरोध गरेको आरोपमा समातिएकामध्ये ९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो । एक जनालाई चाहिँ आँखा सम्बन्धी समस्या देखिएकाले छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले बताए ।

 

छुटेका बलबहादुर तामाङबाहेक देवी संग्रौला, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी हिरासतमा छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको भन्दै उनले अभिव्यक्ति दिएका थिए । त्यसक्रममा उनले कीर्ते कागजात प्रमाण भन्दै देखाएका थिए ।

प्रारम्भिक जाँचका क्रममा उनले देखाएको कागजात कीर्ते भएको र प्रधानमन्त्रीको हस्ताक्षर समेत दुरुपयोग गरिएको भन्दै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । भक्तपुरबाट उनलाई पक्राउ गर्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपाने समेत बोलाइएका थिए ।

 

त्यसक्रममा प्रसाईंलाई सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा ल्यायो भने अरुलाई जिल्ला प्रहरी कार्यालय, भक्तपुर लगिएको थियो । प्रसाईंमाथि अहिले विद्युतीय अपराध नियन्त्रण ऐनविपरितको कसुरमा अनुसन्धान भइरहेको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...