View Point Long Banner Ad

रसुवा नाका भएर भित्रिएको २ लाख किलो जिलेटिन टिमुरेको बस्तीमा अलपत्र

जिलेटिन शक्तिशाली बिस्फोटक पदार्थ हो । औद्योगिक प्रतिष्ठान, विकास निर्माण आयोजना लगायतका क्षेत्रमा यसको प्रयोग हुन्छ ।

यो नाइट्रोग्लिसरिन, सल्फर र अमोनियम नाइट्रेटको संयोजनबाट बनेको हुन्छ । बिस्फोटक सामग्रीहरूको आपूर्ति, ओसारपसार र भण्डारणलाई व्यवस्थित गर्न नेपाल सरकारले अलग्गै कानुनी प्रबन्ध गरेको छ । यसको प्रयोग गर्दा अति सावधानी अपनाउनु पर्छ । यसको प्रयोगमा केही तलमाथि भएमा यसले निकै हानी पुर्याउँछ । मानिसको ज्यान समेत जाने खतरा हुन्छ । यस्तो सम्वेदनशील विषयमा सबैले सतर्कता अपनाउन जरुरी छ ।

यसै सन्दर्भमा रसुवाको केरुङ नाकामा केही दिन अघि चाइनिज र नेपाली ट्रकमा लोड गरेर अलपत्र राखिएको २ लाख किलो जिलेटिन भेटिएको थियो । सुरक्षा सम्वेदनशीलता र उच्च सतर्कता अपनाएर त्यसको ब्यवस्थापन गरेर राखिनु पर्ने थियो । तर त्यो जिलेटिन कसरी र के प्रयोजनका लागि ल्याइएको हो भनेर सरकारी निकाय बेखबर रहेको देखियो ।

रसुवा जिल्लाका भन्सार,सुरक्षा निकाय र प्रशासन नै त्यस्तो सम्बेदनशील पदार्थ भित्रिदा समेत बेखबर हुनु नेपालको सुरक्षा संयन्त्र र सरकारी प्रशासन कति सम्मको गैर जिम्मेवार रहेछ भन्ने कुराको यो दरिलो प्रमाण हो ।

केरुङ नाका हुँदै चीनबाट २ लाख किलो जिलेटिन नेपाल भित्रिदै गर्दा भन्सार प्रशासन,प्रहरी र जिल्ला प्रशासनलाई थाहा हुनु पर्ने होनि,तर त्यो कुरा कसैलाई थाहा नहुनु लाजमर्दाे विषय हो । रसुवाको भन्सार कटेर ४ किलोमिटर टाढा त्यहाको बाक्लो बस्ती टिमुरेमा जिलेटिन बोकेर मालबाहक चिनिया ट्रक कसरी आइपुगे ? यसको उत्तर नत भन्सारले दिन सक्यो ? नत प्रहरीले,नत प्रमुख जिल्ला अधिकारी बेद निधि खनालले नै दिन सके । खनालले यसबारे आफूलाई थाहा नै नभएको जवाफ दिए ।

जिल्लाको नेतृत्व गरेर बसेको प्रशासन प्रमुखलाई यस्तो गम्भीर र संवेदनशील कुरा थाहा हुँदैन भने जनताले सर्वसाधारण भने कसरी थाहा पाउने ? बिस्फोटक पदार्थ मानव बस्तीको छेउमा राख्दा त्यसको सम्वेदनशीलता हेरेर त्यसका तत्काल कदम चाल्नु पर्नेमा सबै सरकारी निकाय बेखबर हुनु पटक्कै सुहाउँदो कुरा होइन । २ लाख किलो जिलेटिन बिस्फोट भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी कसले लिने ?


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...