माधव नेपाल र महन्थ ठाकुरको पार्टीको नाम फेरियो
काठमाडौं । नेकपा (एमाले)बाट अलग भएका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्थात् नेकपा (एकीकृत समाजवादी) राखिएको छ ।
बुधबार मात्र गन भएको उनको पार्टीको नाम नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएको फैसलालाई आधार मानेर नाम परिवर्तन गर्न भनेपछि भोलिपल्टै नाम परिवर्तन गरेको हो ।
नेपालले आफ्नो पार्टीका केन्द्रीय समिति सदस्य पनि बढाएका छन् । बुधबारको ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पु¥याइएको छ । पार्टीको चुनाव चिन्ह र झण्डा तय भइसकेको छैन ।
यस्तै मधेसवादी दलका नेता महन्थ ठाकुरले पनि आफ्नो पार्टीको नाम परिवर्तन गरेका छन् । उनले पनि अध्यादेश आएपछि हिजैमात्र नयाँ दल जनता समाजवादी नेपाल (लोकतान्त्रिक) गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका थिए ।
तर आयोगले उक्त नाम दर्ता गर्न नमिल्ने जनाएपछि आजै उनले नामम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखेर दर्ताका लागि निवेदन दिएका छन् ।
आज उनले शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेता बनाएका छन् । यसअघि राजेन्द्र महतो मात्र वरिष्ठ नेताको सूचीमा थिए ।
नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने दुई जना वरिष्ठ नेता छन् । यसअघि ठाकुर पनि अध्यक्ष रहेका जजनता समाजवादी पार्टी नेपाल, ९जसपा० निर्वाचन आयोगकै निर्णयले उपेन्द्र यादवको पोल्टा गएपछि ठाकुर नयाँ दल दर्ता गर्न विवश भएका हुन् ।
पछिल्लो अध्यादेशले पार्टी र वा संसदीय दलमा २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सकिने व्यवस्था ल्याएपछि ठाकुर र नेपाललाई नयाँ पार्टी दर्ताका लागि बाटो खुलेको हो । नयाँ पार्टी गठन गर्दा उनीहरुको सांसद पनि नजाने व्यवस्था समेत अध्यादेशले गरेको छ ।
नेता नेपालको हकमा पनि यही भएको छ । यसअघि उनी आवद्ध नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा कायमै रहेपछि नयाँ दल दर्ता गर्न बाध्य भएका हुन् ।
दुवै दलको शुक्रबारको दल दर्ताको निवेदन हेरेर चाँडै दल दर्ताको प्रमाणपत्र दिने आयोगले जनाएको छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:०६
















