ओली संग सिंगौरी खोल्न को-को तम्सिए ?
काठमाडौँ । एमाले विभाजनपछि माधव नेपाललाई साथ नदिएर पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्दै तेस्रो धार बनाएका नेताहरुको बैठक बस्दैछ ।
दोस्रो तहका स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुको बैठक आज बस्ने भएको हो ।
ष्mबनभक
आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक महाराजगञ्जमा बस्ने लागेको हो ।
एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार बैठकबाट कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन र फागुन २८ यताका सबै निर्णय खारेज गर्न अपिल गरिनेछ । यदि ओलीले त्यो अपिल नमाने आफूहरु पनि माधव नेपालजस्तै विद्रोह गर्ने आचार्यको भनाइ छ ।
यसअघि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए ।
यता माधव नेपालले आजै पार्टी दर्ताको प्रमाणपत्र पाउने सम्भावना पनि छ । त्यसअघि कारबाहीको सूचना निकाल्न एमालेले सभामुखमाथि दवाव पनि दिइरहेको छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:४८
















