View Point Long Banner Ad

शिक्षक दरबन्दी कटौती गरेको विरोधमा भीमसेन थापा गाउँपालिकामा ताला

गोरखा । विद्यालयमा शिक्षक दरबन्दी कटौती गरेको विरोधमा भीमसेन थापा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

भीमसेन थापा- १, मसेलस्थित दुल्लभ माध्यमिक विद्यालयको हाल भइरहेको विज्ञान विषयको मावि दरबन्दी कटौती गरेको भन्दै आइतबार अभिभावकहरुले तालाबन्दी गरेका हुन् ।

उक्त दरबन्दीमा रही विद्यालयका सहायक प्रधानाध्यापक राजु नेपालीले विज्ञान विषय पढाउँदै आएका थिए । विद्यालयको आवश्यकता नबुझी पालिकाले मनपरी ढंगले दरबन्दी कटौती गरेका कारण तालाबन्दी गर्नुपरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन गुरुङले बताए ।

‘विद्यालयमा विज्ञान विषय पढाउने जम्मा दुई शिक्षक मात्र हुनुहुन्छ, फेरि विद्यालयमा जम्मा दुई वटा मावि दरवन्दी छ,’ उनले भने, ‘विद्यालयको आवश्यकता नबुझी त्यही जनशक्ति पनि कट्टा गरेपछि समस्या भयो ।’

विद्यार्थी र अभिभावकहरुको चाहनालाई समेत मध्यनजर गरी पालिकालाई दरबन्दी कटौती नगर्न भन्दै पटक पटक पत्राचार गरेपनि बेवास्ता गरेपछि विरोधमा उत्रिन बाध्य भएको उनले जानकारी दिए ।

विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई समेत खबर नगरी दरबन्दी कटौती गरेको भन्दै उनले भने, ‘पालिकाको यो काम नियमसम्मत् छैन, हाम्रो पटक पटकको मागलाई नजरअन्दाज गरिएको छ ।’

यही विषयमा छलफल गर्न आइतबार पालिकाको कार्यालय जाँदा अध्यक्ष, उपाध्यक्ष र कार्यकारी लगायत अन्य कोही उपस्थित नभएपछि बाध्यताले तालाबन्दी गर्नुपरेको गुरुङले जिकिर गरे । पालिका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले यस विषयमा छलफल भइरहेको बताए ।

छलफलका लागि आफूहरु तयार रहेको भन्दै उनले अभिभावकहरुको माग सम्बोधन हुने बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...