View Point Long Banner Ad

इटालीमा आँधीका कारण डुंगा डुब्दा एकको मृत्यु, ६ बेपत्ता

इटालीमा डुंगा डुब्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्।
सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुंगा डुब्न पुगेको थियो।

उद्धारकर्मीले बेपत्ता भएका अन्य ६ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन्। इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहान पाँच बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुंगा पोर्टिसेलोनजिकै डुबेको छ।’

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकोप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एकजनाको शव फेला पारेको र बेपत्ता अन्य ६ जनाको खोजी भइरहेको छ।

यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, ‘पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको, तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन।’

यसअघि कोस्ट गार्डले चारजना बेलायती, दुईजना अमेरिकी र एकजना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो। कसको शव फेला परेको हो भन्नेबारे तत्काल केही खुल्न सकेको छैन।

डुंगामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए। उद्धार गरिएकामध्ये आठजनालाई अस्पताल भर्ना गरिएको छ। सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुंगा हो ।

‘बोट इन्टरनेसनल’को वेबसाइटका अनुसार यसमा ११.५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५.५ नटिकल माइलसम्म पुग्न सक्छ। (रासस/एएफपी)


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...