View Point Long Banner Ad

नगरकोटमा बाटो बिराएर जंगलमा हराएका भारतीय पर्यटककाे उद्धार

नगरकोटमा बाटो बिराएर जंगलमा हराएका भारतीय पर्यटकको उद्धार गरिएको छ। नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रबाट शनिबार साँझ हराएका तीन भारतीय पर्यटकसहित चारजनालाई सकुशल उद्धार गरिएको हो।

आइतबार बिहान करिब पौने ४ बजे उनीहरूको सकुशल उद्धार गरिएको चाँगुनारायण– ६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए। उद्धार गरिएका भारतीय पर्यटकहरूमा पति–पत्नी नितिन तिवारी, रश्मि तिवारी र उनीहरूका छोरा तनिस तिवारीका साथै नेपाली गाइड हरिप्रसाद खरेल रहेकाे वडाध्यक्ष लामाले जानकारी गराए।

उनीहरू जंगलमा हराएको खबर प्राप्त हुनासाथ स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली खोजीकार्यमा जुटेका थिए । गएराति पौने १ बजेको समयमा हलहले खोप (खोल्ची) क्षेत्रमा अलपत्र अवस्थामा उनीहरूलाई फेला पारी उद्धार गरिएको वडाध्यक्ष लामाले बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शनिबार साँझ मुहानपोखरी रानीझुला पुलबाट विदेशी पर्यटकहरू बाटो बिराएर जंगलतर्फ पसेका जानकारी गराउँदै खोजीकार्यमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...