View Point Long Banner Ad

दुई हिमताल फुटेर विपत्ति आएको पुष्टि, जोखिम कायमै

सोलुखुम्बुमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ।
राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकोप्टरबाट अध्ययन अवलोकन गरेर दुईवटा हिमताल फुट्दा थामेमा बाढीको विपत्ति आएको निश्कर्ष निकालेको हो।

टाँसिलाप्चा क्षेत्रमा रहेका पाँचवटा हिमताल र दर्जनौँ पोखरीहरूमध्ये दुईवटा हिमताल फुटेको र त्यसले अन्य स–साना पोखरी र हिउँ जमेको ठाउँ फुट्दा ठूलो बाढीको रूप लिएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई जानकारी गराएका छन्।

प्राविधिक टोलीले थप हिमतालहरू फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।

‘प्राविधिक टोलसिहित हामीले पनि अवलोकन गरेर आयौँ, केही तालहरू फुटेर बाढी सुरु भएको देखिन्छ,’ प्रजिअ पाण्डेले भनिन् ‘प्राविधिक टोलीले दुईवटा हिमताल फुटेर हिँजोको बाढी आएको र थप दुईवटा हिमताल जोखिममा रहेको र अन्य स–साना पोखरीहरू समेत फुट्ने सम्भावना रहेको जानकारी दिएको छ।’

शुक्रबारको बाढीबाट प्रभावितलाई राहत, उद्धारका काम सुरु गरिएको र थप जोखिमलाई ख्याल गर्दै विशेष सतर्कता अपनाउन सूचीत गरिएको प्रजिअ पाण्डेको भनाइ छ।

राहत उद्धारको काम सुरु
थामेका बाढी प्रभावितलाई राहत वितरण तथा उद्धारको काम सुरु भएको छ। नेपाली सेना र नेपाल प्रहरीले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सारेका छन्।

थामेबाट करिब एक सय स्थानीयलाई उद्धार गरेर नेपाल आर्मीको क्याम्प, सामुदायिक भवन र गुम्बाहरूमा राखिएको छ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले दिएको जानकारीअनुसार थामेका बाढी प्रभावितलाई खुम्बु पासाङल्हमु गाउँपालिकाको तर्फबाट ५० हजार र जिल्ला विपद् व्यवस्थापन समितिले १५ हजार नगर राहत हस्तान्तरण गरिएको छ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको थियो । १२ वटा घर बगाएको भए पनि अन्य आसपासका घरहरूमा समेत बाढी पसेको छ।

थामेका होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालयसमेत नष्ट भएका छन्। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ। सगरमाथा क्षेत्रको पर्यटकीय गाउँ थामे बाढीले खण्डहर बनेको छ।

मितेरी पुल बगाउँदा खुम्बु पासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ। थामे खोला आसपासमा पैदलयात्रा गर्ने बाटोसमेत छैन। सोलुखुम्बुको तल्लोतटीय क्षेत्रमासमेत बाढीले क्षति गरेको छ। ओखलढुंगा र खोटाङका दुधकोशी किनारका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ।

थामे पुनर्निर्माणको जिम्मा सरकारले लिन्छः रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले बाढीले बगरमा परिणत भएको पर्यटकीय थामेगाउँको पुनर्निर्माणको काम सरकारले गर्ने बताएका छन्।

मन्त्री राईले प्राविधिक र जिल्लाका सांसदहरूसहित शनिबार बिहान बाढीप्रभावित क्षेत्रमा पुगेको रक्षामन्त्री राईले विपद्का कारण खण्डहर बनेको ठाउँलाई दीर्घकालीन हिसाबले सुरक्षित र सुन्दर बनाउने गरी सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन्।

मन्त्री राईले तत्काल थप अध्ययन गरेर थामेगाउँको पुनर्निर्माण र बाढी प्रभावितको पुनस्र्थापनाको ठोस् योजना बनाउन प्रमुख जिल्ला देवी पाण्डेमार्फत जिल्लास्थित सरोकारवालालाई सुझाव दिएका छन्।

‘विपदले यो सुन्दर पर्यटकीय गाउँलाई खण्डहर बनाएछ। तपाईंको जनप्रतिनिधि हुनुका नाताले तत्काल दुःखमा साथ दिन आएँ। अहिले केही राहत सामाग्री आएको छ। अब तपाईहरूको पुनस्थापना र गाउँको पुनर्निर्माणको काम सरकारले गर्छ ढुक्क हुनुस्,’ बाढी प्रभावितसँग मन्त्री राईले भने, ‘सिडियो साब, प्रदेश र राष्ट्रिय सभाका माननीयहरू पनि यहीँ हुनुहुन्छ तपाईंहरूले तत्काल यो गाउँको पुननिर्माणको ठोस योजना ल्याउनुस् म केन्द्रबाटै पहल गर्छु।’

काठमाडौं फर्किएलगत्तै थामेको पुनर्निर्माणका लागि पहल गर्ने आश्वासन दिँदै मन्त्री राईले प्रधानमन्त्री केपी ओलीले समेत चासो लिएकाले मन्त्रिपरिषद्बाटै विशेष राहत तथा पुनस्थापनाको निर्णय गराउन आफूले सक्दो पहल गर्ने बताएका छन्।

रक्षामन्त्री राई प्राविधिक र राहतसहित सोलुखुम्बुको बाढी प्रभावित क्षेत्र थामे गाउँमा पुगेर फर्किएका छन्। सोलुखुम्बुबाट निर्वाचित मन्त्री राई नेपाली सेनाको हेलिकोप्टरमार्फत शनिबार बिहान प्रभावित क्षेत्रमा प्राविधिक, जिल्लास्थित सरोकारवाला र राहत सामाग्री लिएर पुगेका थिए।

थामे पुग्नुअघि मन्त्री राईले हेलिकोप्टरबाटै माथिल्लो टाँसिलाप्चाभन्दा माथिल्लो क्षेत्रको अवलोकन गरेका छन्। दुईवटा हेलिकोप्टरबाट थामेको अवलोकन गरिएको थियो।

थामेका बाढी प्रभावितले आगामी दिनमा समेत जोखिम हुने भएकाले सुरक्षित स्थानमा बस्ती सार्न र तत्काल आफूहरूलाई पुनर्स्थापना गरिदिन माग गरेका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...