View Point Long Banner Ad

रुसी सैन्य हवाई अखडामा युक्रेनी आक्रमण

पछिल्लो समय युक्रेनले रुसको क्रुस्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ। यसै क्रममा सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रुसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, क्रुस्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्ड्यन हतियार नष्ट गर्नु रहेको छ।

क्रुस्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन्। सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रुसको क्रुस्क क्षेत्रमा प्रवेश गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमान्डको कार्यालय स्थापना गरिने बताएका छन्।

यसैबीच, मस्कोबाट प्राप्त समाचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि क्रुस्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रूपमा वर्णन गर्दै युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् ।

रुसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले क्रुस्क क्षेत्रमा ६ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ। रुसले क्रुस्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका ११७ ड्रोन र चार सामरिक महत्त्वका मिसाइल नष्ट गरेको दाबी गरेको छ। साथै मन्त्रालयले युक्रेनले क्रुस्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्यांकहरू गुमाएको जनाएको छ।

युक्रेनी आक्रमणको प्रतिक्रियास्वरूप रुसको नेसनल गार्डले क्रुस्कको आणविक ऊर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...