View Point Long Banner Ad

हेटौँडामा दिउँसै बत्ती बालेर जनप्रतिनिधिको खोजी

हेटौँडाका व्यवसायीले दिउँसै बत्ती बालेर हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधि खोजेका छन्।उपमहानगरपालिकाले गरेको राजस्व वृृद्धिको विरोधमा आन्दोलित भएका व्यवसायीले बिहीबार दिउँसै बत्ती बालेर जनप्रतिनिधि खोजेका हुन्।

त्यसक्रममा व्यवसायीले उपमहानगरपालिकापरिसरमा आज पनि धर्ना दिएका छन्। त्यसअघि हेटौँडा– २ मा रहेको पल्पसा सदनबाट मैनबत्ती र मोबाइल बालेर व्यवसायीहरू र्‍यालीसहित उपमहानगरपालिका पुगेका थिए। उपमहानगरपालिकापरिसरभित्र पनि उनीहरूले मैनबत्ती बालेर धर्ना दिएका थिए।

गत ७ असारमा सम्पन्न नगरसभाबाट पारित गरेको नीति, कार्यक्रम तथा बजेटमार्फत उपमहानगरपालिकाले अस्वाभाविक रूपमा कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले उपमहानगरपालिकाले विभिन्न शीर्षकमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै आन्दोलन गरेका हुन्।

व्यवसायीहरूले करको नयाँ दर खारेज गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन्। आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीबार मैनबत्ती बालेर जनप्रतिनिधि खोजेका व्यवसायीहरूले भोलि शुक्रबार सम्पूर्ण व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकामा बुझाउने बताएका छन् । त्यति गर्दा पनि आफूहरूको मागको सुनुवाइ नभए उपमहानगरपालिकाको निर्णयविरुद्ध अदालत जाने उनीहरूको दाबी छ ।

यसैबीच, एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने ४८ जना जनप्रतिनिधिले बुधबार विशेष नगरसभाको माग गर्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...