View Point Long Banner Ad

नेप्से ३४ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४.२९ अंकको वृद्धि देखिएको छ। नेप्से १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७.७५ को विन्दुमा कायम भएको छ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता सेयर दुई लाख ४४ हजार १९ पटक खरिद–बिक्री हुँदा रु. २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।

जीवन बिमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटेल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बिमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ।

आज नौवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ८६ करोड ५८ लाख ५८ हजार ३०७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा २२ लाख ३७ हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको अपि पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...