View Point Long Banner Ad

‘अक्वा त्रिदेव’लाई पानीमा कोलिफर्म भेटिएपछि दुई लाख जरिवाना

‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डस्ट्रिजले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको हो।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोंगबु क्षेत्रबाट विभिन्न पाँचवटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा नमुना परीक्षण गर्दा अक्वा त्रिदेवको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ।

प्रति एक सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलोनी फर्मिङ युनिट (सिएफयू) देखिएको बताइएको छ। पानीमा यसको मात्रा शून्य हुनुपर्छ। खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘पानीमा सिएफयू तीन सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो।

महानगरका अनुसार यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ। यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो। डा. झाका अनुसार जरिवाना गरिएसँगै अक्वा त्रिदेवको सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ। पानीको नमुनामा कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम रहने बताइएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...