View Point Long Banner Ad

गायक चन्द्र शर्माले पाए सर्बाेत्कृष्ट लोक दोहोरी गायकको अवार्ड

पाचौं जिनियस म्यूजिक अवार्ड

काठमाडौं । पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । बन तथा बातावरण राज्यमन्त्री रुपा बि .क.को प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतकार शम्भुजीत बासकोटालाई नगद सहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । अच्छा लेकिन बोलको गीतबाट गायक शर्माले उक्त अवार्ड प्राप्त गरेका हुन । उक्त समारोहमा वरिष्ठ गीतकार प्राध्यापक डा.कृष्ण हरि बराल र गीतकार माधव खरेलको हातबाट शर्मालाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा प्रख्यात पत्रकार ऋषि धमला,अन लाईन पानाका नारायण प्रसाद अधिकारी,मिलाप गिता अधिकारी र जन आकशका मोहान कार्कीलाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । अवार्ड बिजेता कलाकारहरुको नामावोली यस प्रकार छन् ।

सर्वोत्कृष्ट गीतकार–पप÷आधुनिक गीत, सचिता कर्माचार्य – प्रतिक्षा, सर्वोत्कृष्ट नव गीतकार – पप÷आधुनिक गीत, आशिष कोईराला – तिम्रै माया, सर्वोत्कृष्ट संगीतकार पप गीत, गैरे सुरेश – मीरा हु म तिम्री, सर्वोत्कृष्ट संगीतकार आधुनिक गीत, कृष्णभक्त महर्जन – झ्याल बाट, सर्वोत्कृष्ट पुरुष गायक – आधुनिक गीत, ज्ञान सुब्बा थेबे – झ्याल बाट, सर्वोत्कृष्ट महिला गायिका – आधुनिक गीत, सारिका घिमिरे – मायालु, सर्वोत्कृष्ट नव गायक, रमेश के सिंह – छाडी जाने मायालुलाई, कमल शर्मा÷राजकुमार शंकर – ए रमा(जुरी), सर्वोत्कृष्ट नव गायिका, संगीता पंगेनी – मनको मझेरी, सर्वोत्कृष्ट नव गायक (र्याप गीत), सागर सुनार–किसान, सर्वोत्कृष्ट मोडल महिला – पप÷आधुनिक गीत, प्रनिमा दाहाल – जीत मान्दिन, प्रमिता राजघतानी–मन्चरी(जुरी), सर्वोत्कृष्ट मोडल पुरुष – पप÷आधुनिक गीत,
संजित भण्डारी – किन माया गर्यौ, कमल सिंह – दिल्ली आग्रा (जुरी), सर्वोत्कृष्ट गीतकार, डि. पी. खनाल – तुषारो, हरिभक्त बुढाथोकी– नजर लाग्लानी (जुरी), सर्वोत्कृष्ट संगीतकार, भीम बि.सी. – नजर लाग्लानी, सर्वोत्कृष्ट संगीत संयोजक, फणिन्द्र राई – झ्यालबाट, सर्वोत्कृष्ट ध्वनी मिश्रण, दिनेश न्यौपाने – दुखी त छ यो मन, सर्वोत्कृष्ट गायक, हेमन्त शर्मा – निरजाले, सर्वोत्कृष्ट गायिका, बानिका प्रधान – लाग्थ्यो तिमी, सर्वोत्कृष्ट निर्देशक पप÷आधुनिक गीत, फराज अर्पण – गाउँले जीवन, सर्वोत्कृष्ट निर्देशक – लोक गीत, उमेश गुरुङ – दिएर हातैमा, सर्वोत्कृष्ट नव निर्देशक, राज लुइंटेल– माया गर्यौ,
सर्वोत्कृष्ट युगल गायक ÷पप तथा आधुनिक, धुर्व बिस्को÷सुरक्षा सेन्चुरी– तुषारो, सर्वोत्कृष्ट लोक आधुनिक गायक, सुदीप जोशी–तिमी आयौ, सर्वोत्कृष्ट लोक आधुनिक गायिका, शोभा पाण्डे – नसोध मेरो (जुरी), सर्वोत्कृष्ट पुरुष मोडल, पुष्प खड्का – बैमानी, सर्वोत्कृष्ट मोडल – महिला, आश्मा विश्वकर्मा – निरजाले, सिनेमेटोग्राफर, दिनेश पराजुली – झ्याल बाट, सर्वोत्कृष्ट सम्पादक, ओम प्रसाई – मीरा हुँ म तिम्री, सर्वोत्कृष्ट भिडियो निर्देशक, सोनम पाख्रिन – अदृश्य माया, सर्वोत्कृष्ट शब्द – लोक तथा दोहोरी गीत, कृष्ण भारद्वाज – डम्बर कुमारी, सर्वोत्कृष्ट लय – लोक तथा दोहोरी गीत, खेम सेन्चुरी – मोहनी, सर्वोत्कृष्ट गायिका – लोक तथा दोहोरी गीत, समिक्षा अधिकारी – आफ्नो आफ्नो कर्म, सर्वोत्कृष्ट लोकदोहोरी गायक, चन्द्र शर्मा – आच्छा लेकिन लाहुरे, सर्वोत्कृष्ट नव गायक – लोक तथा दोहोरी गीत, बिनोद बि.सी. – साथी भाइ, सर्वोत्कृष्ट शृङ्गार, बिमला तामाङ – लुकाउने ठावै छैन, सर्वोत्कृष्ट लोक पप गायक, सुरेन गौतम – सल्लेरी पाखाहरु, रुद्र शेखर शर्मा – के होला भोली, सर्वोत्कृष्ट पप गायक, हिमाल सागर – यही त हो नि माया, सर्वोत्कृष्ट पुरुष नव मोडल – लोक तथा आधुनिक गीत, पुजन लामिछने – काले, सर्वोत्कृष्ट महिला नव मोडल – लोक तथा आधुनिक गीत, रीता बीसी – मनले मन परायो, सर्वोत्कृष्ट मोडल – लोक तथा दोहोरी गीत, लोमस शर्मा – गोर्खे खुकुरी, सर्वोत्कृष्ट मौलिक गायिका, सरिता थापा मगर – झल्को रै रह्यो, सर्वोत्कृष्ट मौलिक गायक, नमराज ढुङ्गाना – एक नम्बर, सर्वोत्कृष्ट भजन गायक, सरोज ढकाल – आज स्वार्थ , सर्वोत्कृष्ट कोरियोग्राफर, सुरेन्द्र बसेल – कोल्टे परेर, सर्वोत्कृष्ट महिला डायस्पोरा गीतकार, रीमा श्रेष्ठ– अधुरो सपना–२, सर्वोत्कृष्ट पुरुष डायस्पोरा गीतकार, नारायण भारती – ओ लभ्ली, सर्वोत्कृष्ट पुरुष डायस्पोरा मोडल, मेघ सुवेदी – किन माया गरयौ – २, सर्वोत्कृष्ट महिला डायस्पोरा मोडल, सन साइन सन्जु – झरी बनी, पब्लीक च्वाइस, पिरै पिरमा – भूपु पाण्डे,

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो । सोहीअनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष रमेश पाठकले बताउनुभयो । अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल,बारीस्थ संगीतकार राजु सिंह नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक,अमृत भारती गायक, केशब कोईराला कोरियोग्राफर, मदन नेपाली संगीतकार, टेक बहादुर लामा निर्देशक, पाल्मु शेर्पा, गायिका ,बविता श्रेष्ठ निर्देशकमन्जु लावती गायिका रहनुभएको थियो ।

कार्यक्रममा गायक नरहरी प्रेमी नायक,रोशन श्रेष्ठ, निर्देशकहोम धिताल, गायक ÷संगीतकार बिनोद पछाइ , मोडल÷कलाकार प्रतिक्षा काफ्ले, गायक बिनोद ढकाल , कलाकार राजकुमार शाह ,गायक बिनय ढुंङेल, गायक जयराज भट्ट ,गीतकार डब्बु छेत्री ,इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा ,समाजसेवी÷व्यवसायी शान्ता तामाङ, केशव पाण्डे, रमेश शिलवाल,दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...