View Point Long Banner Ad

अमेरिकी चुनाव : ह्यारिस आधिकारिकरूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्वार

एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।” आगामी हप्तामा आधिकारिकरूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छिन् ।

वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेद्धार हुन् । उनको उम्मेद्वारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिकरूपमा आफ्नो उम्मेद्वारको उद्घोष गरेका हुन् । सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...