पछिलो २४ घण्टामा थप ३,४५१ जनामा संक्रमण पुष्टि,३५ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१५ हजार ६११ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो। यो अवधिमा २ हजार ४५८ जना डिस्चार्ज भएका छन्।
आज ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ जना पुगेको छ।
यस्तै, आज काठमाडौंमा ९६१ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा काठमाडौंमा ६७७, ललितपुर १६७ र भक्तपुरमा ११७ जना संक्रमित फेला परेका छन्।
आज देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित देखिएका छन्।
वि.सं.२०७८ साउन ३२ सोमवार २१:३५
















