View Point Long Banner Ad

पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

मनाङ । जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतिविद्यार्थी रु ५० हजार गाउँपालिकाले उपलब्ध गराउनेछ ।

उनले भने, “हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्वपूर्ण छ । यहाँको स्थानीयबाट नै प्रवद्र्धन गर्न टेवा पुग्नेछ ।” यस विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको अध्यक्ष धनबहादुरले बताए ।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैङ्क नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी रु दुई हजारका दरले खाता खोलीे बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई रु एक लाख छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताए ।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही रु २० हजार पुरस्कार वितरण गरिनेछ । प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रुपमा नमूना विद्यालयका रुपमा विकास गरी सबैको रोजाई विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...