पहिरोको कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
१२ असार, चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं। ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
वि.सं.२०८१ असार १२ बुधवार १५:०३
















