View Point Long Banner Ad

नेदरल्याण्डलाई पछि पर्दै अस्ट्रिया युरोकप २०२४ को अन्तिम १६ मा

बर्लिन । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो ।

फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । पराजयका बाबजुद नेदरल्यान्ड्स पनि नकआउट चरणमा प्रवेश गरेको छ, तर उत्कृष्ट तेस्रो स्थानको टोलीको रूपमा ।

मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।

दोस्रो हाफमा भने गोलको वर्षा भयो । ४७ औँ मिनेटमा नै नेदरल्यान्ड्सका कोडी गाक्पोले सुन्दर गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।

७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।
उता फ्रान्सले पोल्यान्डसँग बराबरी खेलेपछि टोली दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य बन्यो । दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गियो ।

५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...