जलबायु परिबर्तनका कारण जोखिममा छन् हिमशिखर
भूपरिवेष्टित मुलुक नेपालको उत्तरतर्फ सर्वोच्च शिखर सगरमाथासहित विश्वका दस अग्ला हिमालमध्ये ८ वटा छन्। ती हिमालको काखमा ठूलो संख्यामा हिमनदी र हिमतालहरू छन्।
ती हिमनदी र हिमतालहरू नेपालका ठूला बाह्रमासी नदीका र भारतको गंगा नदीको बहावका मुख्य स्रोत हुन्। हिमालमा हुने जलवायु परिवर्तनले क्षेत्रीय जलस्रोतको उपलब्धता र सन्तुलनमा ठूलो असर गर्ने देखिएको छ।
सिद्धान्ततः नेपाल सबट्रपिकल जलवायु क्षेत्रमा पर्ने भए पनि विशिष्ट भौगोलिक बनावटका कारण उत्तर(दक्षिणको करिब १४० किलोमिटर चौडाइमा जलवायु र पारिस्थितिक प्रणालीमा ठूलो विविधता भेटिन्छ।
दक्षिणतर्फ सबट्रपिकल जलवायुको प्रभाव रहँदा उत्तरतर्फ आर्कटिक जलवायु हाबी छ। नेपालको गर्मी यामको जलवायु दक्षिण(पूर्वी मनसुनबाट प्रभावित छ। यसकारण जुनदेखि सेप्टेम्बरसम्म वर्षा हुन्छ। मनसुनी वर्षा कृषि तथा जलस्रोतको महत्त्वपूर्ण अवयव हो।
नेपालको वार्षिक औसत वर्षा एक हजार ७६८ मिलिमिटर ९मिमी० मापन गरिएको छ। भौगोलिकता अनुसार करिब ७० देखि ८५ प्रतिशत वार्षिक वर्षा मनसुनमा हुन्छ।
नेपालमा मनसुनको प्रवेश पूर्वी दक्षिण भागबाट हुने र क्रमशः पश्चिमतर्फ बढ्ने भएकाले अन्य भागको तुलनामा पूर्वी दक्षिण भूभागमा बढी वर्षा मापन हुन्छ। उच्च भौगोलिक भिन्नताका कारण ठाँउअनुसार वर्षाको प्रकृतिमा फरक पर्छ।
अन्नपूर्ण हिमालको दक्षिणमा समुद्री सतहभन्दा एक हजार ६४२ मिटर उचाइमा अवस्थित लुम्लेमा वार्षिक पाँच हजार मिमी वर्षा मापन हुँदा यसको ठीक उत्तरतर्फ दुई हजार ७५० मिटर उचाइमा रहेको जोमसोममा वार्षिक वर्षा सरदर २५० मिमी मात्र रेर्कड गरिएको छ।
उच्च हिमाली भेगमा मनसुनी वर्षा हिँउका रूपमा हुँदा त्यसले हिमनदी निर्माणमा मद्दत गरेको हुन्छ।
अर्कोतर्फ, जाडो यामको वर्षा पश्चिमी मौसम प्रणालीमा आधारित छ। यसको उत्पत्तिको स्रोत भूमध्य सागर मानिएको छ।
भूमध्य सागरमा निर्माण हुने न्यूनचापीय प्रणालीका कारण विकसित हुने मौसम पश्चिम हुँदै पूर्वतर्फ लाग्दा पश्चिमतर्फ बढी र पूर्वतर्फ कम हिउँदे वर्षा हुन्छ। हिउँ पनि पूर्वतिर कम पर्छ।
हिउँदे वर्षाले पश्चिम क्षेत्रमा वार्षिक औसत वर्षा मापन र हिमनदी निर्माणमा ठूलो योगदान गर्छ।
जलवायु परिवर्तनको एक मुख्य सूचकांक तापक्रम हो। नेपालमा उच्चतम तापक्रम मेरजुन महिनामा रेर्कड हुन्छ। अक्टोबरबाट तापक्रम घट्ने क्रमसँगै डिसेम्बर र जनवरीमा न्यूनतम तापक्रम मापन हुन्छ।
भैगोलिक उचाइसँगै तापक्रम घटबढ हुने हुँदा नेपालको सन्दर्भमा उत्तर(दक्षिणतर्फ तापक्रममा ठूलो फरक पाइन्छ। तराई,मधेस क्षेत्रमा अत्यधिक गर्मी हुँदा हिमालय क्षेत्रमा अत्यधिक चिसो महसुस हुन्छ।
नेपालका विविध प्राकृतिक स्रोतहरूमध्ये जलस्रोत प्रमुख हो। नेपालमा ६ हजारभन्दा बढी नदीनालाहरूको सञ्जाल छ। नेपालको नदी प्रणालीलाई मुख्यतः कोसी, गण्डकी, कर्णाली र महाकाली गरी चार वटा बेसिनमा विभाजन गरिएको छ। बाह्रमासी प्रकृतिका यी नदीहरूको वहावको मूल स्रोत हिमाल नै हुन्।
अर्कोतर्फ बबई, पश्चिम(राप्ती, बागमती, कमला, कन्काई र मेची नदी मध्यपहाडमा उत्पत्ति भई उल्लिखित चार नदीहरूमै समाहित हुन्छन्। यसबाहेक सोही प्रकृतिका आँधीखोला, रिडी, रोशी, पिखुवा, पूर्वी(राप्ती, त्रिजुगा लगायत पनि यी चार नदीका सहायक नदी हुन्। यसका साथै ठूलो संख्यामा नदीहरू चुरेरमहाभारत क्षेत्रमा उत्पत्ति भई तराई(मधेस भएर बग्छन्।
यी सबै नदीहरू अन्ततः गंगा नदीमा समाहित हुन्छन्। गंगा नदीको सुख्खा यामको ७० र वर्षा यामको ४५ प्रतिशत बहावको हिस्सा नेपाली नदीहरूको हुन्छ।
नेपालमा तापक्रम र वर्षा मापनमा सीमित तथ्यांक उपलब्ध छ। विभिन्न नदी बेसिनहरूमा स्थापित ४९ वटा मापन केन्द्रहरूको तथ्यांक विश्लेषण गर्दा सन् १९७० देखि प्रतिवर्ष अधिकतम तापक्रम वृद्धि ०।०४ डिग्री सेल्सियसले स्थिर देखिन्छ। यो तापक्रम वृद्धिको असर हिमाली र पहाडी क्षेत्रमा बढी महसुस हुँदा महाभारत र तराई क्षेत्रमा न्यून देखिएको छ। तापक्रमको यो वृद्धिले नेपालका हिमाली क्षेत्रका साथै तिब्बत र समग्र हिन्दकुश हिमालय क्षेत्र प्रभावित भएको छ।
हिमनदीहरू जलवायु परिवर्तनको असर मापन गर्ने उत्कृष्ट सूचक हुन्।
वि.सं.२०८१ असार ११ मंगलवार १२:२५
















