View Point Long Banner Ad

मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर

हेटौंडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिका(७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ(७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए । दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए ।

चेपाङ समुदाय छाक टार्नकै लागि च्याउ, वन तरूल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन् ।

शनिबार राति नै स्वास्थ्य समस्या आए पनि आफूलाई आज १२ बजे मात्रै खबर आएको वडाध्यक्ष चेपाङले बताए । भौगोलिक रूपले विकट राक्सिराङमा पातलो गाउँ, टेलिकम सेवा र यातायात सञ्जालको सहज पहुँच नहुँदा बिरामीहरूले समयमै उपचार नपाउँदा ज्‍यान जाने जोखिम बढेको छ ।

राक्सिराङ गाउँपालिकामा स्वास्थ्य तथा शिक्षा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्था निशा हसमालया इभी र दीगो विकासका लागि एकता नेपालले परिवारकै उपचारको जिम्मा लिएको छ । उनीहरूको सबै उपचार खर्च व्यहोर्ने परियोजना व्यवस्थापक अनिल पौडलले बताए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...