View Point Long Banner Ad

एक महिनामा नै भित्रियो एक खर्ब भन्दा बढीको सामान

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १।८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३।०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १।९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १।७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१।२६ प्रतिशत र निर्यातको हिस्सा ८।७४ प्रतिशत रहेको छ ।

११ महिनामा ३ खर्बको पेट्रोलियम पदार्थ आयात

जेठसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पआर्थ किन्न समेत नपुग्ने अवस्था देखिन्छ । सवारी साधनको आयातमा ८० अर्ब ५८ करोड विदेशिएको छ । आइरन र स्टीलको आयात १ खर्ब ९७ अर्ब रुपैयाँको भएको छ । यसबीचमा तरकारीजन्य वस्तुको आयात मात्र २६ अर्ब रुपैयाँ बराबरको भएको छ । चिया र कफीको आयात १० अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ ।

मुलुकअनुसार हेर्दा भारतसँग सबैभन्दा धेरै व्यापार भएको देखिन्छ । भारतबाट ९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ९४ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चीनबाट नेपालमा २ खर्ब ७२ अर्ब रुपैयाँको सामान आएको छ । नेपालबाट चीनतर्फ भने मात्र २ अर्ब ४० करोड रुपैयाँको मात्र व्यापार भएको छ ।

११ महिनाको वैदेशिक व्यापारको अवस्था

आयात स् १४ खर्ब ५३ अर्ब
निर्यात स् १ खर्ब ३९ अर्ब
कुल वैदेशिक व्यापार स् १५ खर्ब ९२ अर्ब
व्यापार घाटा स् १३ खर्ब अर्ब १४


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...