View Point Long Banner Ad

नीलो घन्टी हुने गरेकोमा अहिले किन रंग बदलियो 

यसअघि महामन्त्री डा मुकुल ढकाल समीक्षा यात्रामा निस्कँदा पहिलो पटक उनले कालो रंगको घन्टी प्रयोग गरेका थिए । यसअघि नीलो घन्टी हुने गरेकोमा अहिले किन रंग बदलियो

एक नेता भन्छन्, ‘पार्टीको चुनौतीपूर्ण घडीलाई प्रतिविम्बित गर्न घन्टी कालो बनाइएको हो ।’

लामिछानेले आफ्नो शुभकामना सन्देशमा रास्वपा आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । पार्टीको बाटो भने सरल नरहेको उनको स्वीकारोक्ति छ ।

उनी लेख्छन्, ‘बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं ।’

कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने भन्दै लामिछानेले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर यात्रा सम्पन्न गर्ने विश्वास प्रकट गरेका छन् ।
सभापति लामिछानेले यसरी समर्थकहरुमा ऊर्जा भर्न खोजे पनि उनी स्वयम्को आत्मविश्वास खस्किँदो अवस्थामा छ । पार्टीले सरकारमा गएपश्चात जनआकांक्षाहरुलाई सम्बोधन गर्न सकिरहेको अवस्थामा छैन । रास्वपाका एक मन्त्रीले राजीनामा खल्तीमा बोकेर बसेको अभिव्यक्तिसमेत दिए ।

गृहमन्त्रीको कुर्सीमा रहेका सभापति लामिछानेलाई विवादले पिछा छोडिरहेको छैन । सहकारी प्रकरणको झ्याउलोले गर्दा उनी लामो समयसम्म मन्त्रालयको जिम्मेवारीमा दत्तचित्त भएर लाग्न पाएनन् । उनले चालेका कथित ‘बोल्ड’ कदमहरु पनि ‘हात्ती आयो फुस्सा’ सावित भइरहेका छन् ।

कृष्णबहादुर महरादेखि कैलाश सिरोहियासम्मलाई पक्राउ गर्दा उनको वाहवाही भएको थियो । तर, दुवै जना सहजै रिहा हुनुले उनलाई ठूलै धक्का पुग्यो । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको समेत फाइल खोल्ने भनेर कस्सिएका उनी अहिले फत्रक्क गलेको प्रतित हुन्छ ।

रास्वपाका तीन मन्त्रीहरु डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठले आआफ्नो मन्त्रालयमा सुधारको प्रयास त गरिरहेका छन्, तर जनतालाई महसुस गराउन सकेका छैनन् । फलस्वरुप कर्मकाण्डी पारामा १०० दिनको उपलब्धि सूची निकालेर आत्मप्रचार गर्नु परिरहेको छ । उनीहरुले अरु मन्त्रीभन्दा तैविसेक फरक छवि भने जेनतेन कायम गरिरहेका छन् ।


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...