View Point Long Banner Ad

पनीरले कोलेस्टेरोल बढाउँछ ?

शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो ।

पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायक छ । किनकि यसमा शरीरलाई चाहिने बोसो, प्रोटिन, फस्फोरस, क्याल्सियम र म्याग्नेसियम जस्ता पोषक तत्व पाइन्छ ।

स्वास्थ्यका लागि पनि राम्रो र स्वादको हिसाबले मीठो मानेर धेरैले पनीर टन्न खाने गर्छन्, तर फाइदा गर्छ भन्दैमा आवश्यकभन्दा बढी खानु हुँदैन । किनकि अत्याधिक मात्रामा पनीर खाँदा यसले शरीरलाई हानि गर्ने ‘ब्याड कोलेस्टेरोल’ को स्तर बढाउँछ ।

कसरी

पनीरमा बोसो र प्रोटिनको मात्रा धेरै हुने भएकाले अन्य तरकारीको तुलनामा पच्न समय लाग्छ । त्यसमाथि पनि पनीरलाई तारेर चिल्लो तथा बाह्रमसला हालेर खाने चलन छ । उच्च प्रोटिन अनि त्यहीमाथि मसालेदार बनाएर खाँदा क्यालोरी पनि बढ्छ ।

त्यसैले पनीरको परिकार धेरै खाँदा लगातार पाचनशक्तिमा भारत पर्छ र फलस्वरुप पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ ।

कुनै शारीरिक कसरत पनि भएको छैन भने शरीरमै थुप्रिएर बस्छ र बिस्तारै रक्तनलीहरुलाई पनि साँघुरो बनाउँछ । रक्तनली खुम्चिंदै गएमा कोलेस्टेरोलको स्तर बढ्ने, रक्तचाप बढ्ने समेत हुनसक्छ ।

त्यस्तै, बजारिया पनीरमा नुन पनि हुन्छ । जसले सोडियमको खपत बढाउँछ । उच्च सोडियमले पनि रक्तचाप बढाउँछ ।

पहिलेदेखि उच्च रक्तचाप र मधुमेह छ भने त झन् शरीरलाई आवश्यकभन्दा बढी पनीर खानुहुँदैन । यसले कोलेस्टेरोलको जोखिम ह्वात्तै बढाउँछ ।

ब्रिटिश हार्ट फाउन्डेसनमा प्रकाशित एक आलेखले पनि पनीरमा उच्च स्याचुरेटेड फ्याट र नुन हुने हुँदा कोलेस्टेरोल र रक्तचाप बढ्ने उल्लेख छ


मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे चार घण्टा !

मुख्यमन्त्रीलाई भेट्न समय छैन, ज्वागलमा प्रधानमन्त्रीको साढे...

वि.सं.२०८३ भदौ १४ आइतवार २०:३२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार...

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

वि.सं.२०८३ भदौ १४ आइतवार १७:१५

गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक...

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत

विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४८

काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुनःस्थापना र संरक्षणका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०६

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका...

वि.सं.२०८३ भदौ १४ आइतवार १५:०४

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु  प्रेरणा हो :  अभिनेत्री शर्मा

सहयोगको रसिद सामाजिक सञ्जालमा हाल्नु प्रेरणा हो...

वि.सं.२०८३ भदौ १४ आइतवार ११:२९

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले विपद्को समयमा गरिएको सहयोगको विवरण...