View Point Long Banner Ad

किड्स सक्सेस मन्टेस्वरीको ७औ साधारणसभा तथा ५औ दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । किड्स सक्सेस मन्टेस्वरीको ७औ साधारणसभा तथा ५औ दिक्षान्त समारोह भब्यताकासाथ सम्पन्न भएको छ । काठमाडौंको कपनस्थित एक पाटीप्यालेसमा किड्स सक्सेस मन्टेस्वरीको ७औ साधारणसभा तथा ५औ दिक्षान्त समारोह भब्यताकासाथ सम्पन्न भएको हो ।

बालबालिकाहरूलाई पढ्नको लागि पारिवारिक वातावरण भएको र शिक्षाक्षेत्र उत्कृष्ट मन्टेस्वरीको रूपमा स्थापित भएको मन्टेस्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविना कोईरलाले बताइन् । किड्स सक्सेस मन्टेस्वरीका कक्षामा शिक्षकले प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता पहिचान गरेर फरक शैलीले सिक्न प्रेरित गरिरहेको अध्यक्ष कोईरलाले बताईन् । अध्यक्ष कोईरलाले भनिन् ‘विद्यार्थीलाई एकै ठाउँमा राखिँदैन । एउटै विधिले पढाइँदैन । जीवनोपयोगी सिकाइ, गणित, भाषा, कला, संस्कृतिका विषयमा जानकारी गराइन्छ ।’

किड्स मन्टेस्वरीमा संस्कार सहितको शिक्षा, पारिवारिक वातावरण सहितको शिक्षा, खानपिनको वातावरण एकदमै राम्रो व्यवस्था, र संस्कार सहित पारिवारिक वातावरणमा शिक्षा दिएकै कारणले अभिभावकहरू खुसी भएर किड्स मन्टेस्वरीलाई विश्वास गर्नु भएको अध्यक्ष कोईरलाको दावी थियो ।

बालबालिकाहरूको शिक्षामा कस्तो बिकास हुँदैछ भनेर थाहा पाउन होम भिजिट समेत गर्ने गरेको कोईरालाले बताइन् । अभिभावकको विश्वासनै किड्स सक्सेस मन्टेस्वरीको सफलता भएकोमा खुसी हुँदै बालबालिकाहरूको हेरचाह र व्यवहारिक शिक्षामा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता समेत गरिइन् ।

त्यस्तै,७औ साधारणसभा गर्न सफल हुँदा निकै हा‌ैसला मिलेको किड्स सक्सेस मन्टेस्वरीका प्रिन्सिपल रमेश खतिवडाले बताएका छन् । ७औ साधारणसभा तथा ५औ दिक्षान्त समारोह गर्न पाउदा अत्यन्तै खुसि र उत्साह थपेको किड्सका प्रिन्सिपल खतिवडाले बताएका हुन् । उनले भने, हाम्रो मन्टेस्वरीमा बालबालिकाहरू सिक्न र जान्न उत्साहित हुने गरेको उनले बताए । उनले भने, किड्स मन्टेस्वरीमा आउने बालबालिकाहरू सिक्न र जान्न उत्साहित छन्, त्यसकारण पनि हामी गौरभ महसुस गर्छौं । विद्यालयका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको जोड बल किड्स सक्सेस मन्टेस्वरी राम्रो भएको प्रिन्सिपल खतिवडा भनाई थियो ।

कक्षाकोठाहरू सुन्दर र आकर्षक ढंगबाट सजाइएको छ । आफैं सिक्न खोज्ने, अध्ययन गर्न खोज्ने, उत्सुकता हुनेगरी सिकाइएकाले किड्स सक्सेस मन्टेस्वरीमा भर्ना गरेको अभिभावक राजिब भट्टराईले बताए । त्यस्तै,किड्स सक्सेस मन्टेस्वरीले बच्चाहरूलाई निकै राम्रोसँग हेरचाह भएको, बालबालिकालाई पढ्ने वातावरण पारिवारिक भएको, किड्स सक्सेस मन्टेस्वरीमा आफ्ना बच्चाहरू पढाउन पाउँदा निकै हर्षिद भएको अभिभावकहरूले मन्तव्यको क्रममा बताए ।अधिकांश मन्टेस्वरीहरू मध्य अब्बल मन्टेस्वरीको रूपमा स्थपित गर्न सफल हुँदै र अभिभावकहरूको मन जित्न सफल हुनुभएकोमा प्रविना म्यामको टिमको ठुलो योगदान रहेको अभिभावकको भनाइ थियो । किड्स मन्टेस्वरी पढाउन पाउँदा निकै गर्भ भएको महसुस अभिभावकहरूले गरेका थिए ।

किड्स सक्सेस मन्टेस्वरीका विद्यार्थीहरू प्रेयन्स कोईरला,मानुसी चापागाईं, रिहा माझी, गुन्जन पोखरेल, बिधन निरौला,परिसा दाहाल स्टा भट्टराईलगायतले मन्तव्यबाट खुसी व्यक्त गरेका थिए ।

किड्स सक्सेस मन्टेस्वरीका शिक्षिकाहरूले ग्रुपमा नृत्य प्रस्तुत गरेका थिए भने, शिक्षिका ममताले मनमोहक नृत्य प्रस्तुत गरेर अतिथि, अभिभावक तथा बिद्यार्थीहरूलाई मनोरन्जन प्रदान गरेकी थिइन् ।

किड्स मन्टेस्वरीबाट ४ वर्षको अध्ययन सकेका बालबालिकाहरूलाई दीक्षित गर्दै मायाको चिनो र खादा लगाएर बिदाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, किड्सका प्रिन्सिपल, शिक्षकशिक्षिकाहरुले विधाइ गरेका थिए । । निष्टा भट्टराई, परीशा दाहाल, सुभना भण्डारी, ग्रेन्स कोईराला,इन्जिला कोईराला,आज्ञन बस्नेत,गुन्जन पोखरेल, मनासी चापागाईं,रिया माझी,प्रनिशा कोईराला र भिमन निरौला मन्टेस्वरीबाट दीक्षित भएका थिए । ७औ साधारणसभा तथा ५औ दीक्षान्त समारोहमा शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक, पत्रकारलगायतको उपस्थित रहेको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...