View Point Long Banner Ad

मिस युनिभर्समा सहभागी हुदै साउदी अरब

काठमाडौं। यो वर्षको अन्तिसमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबियाले पहिलो पटक सहभागी हुने भएको छ ।

साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन् ।

रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन ९साउदी अरेबिया० जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् ।

रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्सिटीमा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।

‘द न्यु अरब’ न्युजका अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।

रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् । ‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैंले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्विर पनि सेयर गरेकी छन् । उनको नजिकै साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।

मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरु सहभागी हुँदै आएका छन् । तर, साउदी अरेबियाबाट भने पहिलो पटक सहभागिता हुन लागेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...