View Point Long Banner Ad

तिमीलाई सम्झाउन सकिनँ प्रिय : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले अध्यक्ष रहेकी श्रीमती रञ्जितालाई आफूले सम्झाउन नसकेको बताएका छन्।

अध्यक्ष रञ्जिता पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार र सोही अनुरूप प्रदेश सरकारहरूमा पनि समर्थन गर्नुपर्ने अडानमा रहँदा रेशमले कसैको पक्षमा लाग्न नहुने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उनलाई पत्र लेखेका हुन्।

रेशमले रञ्जितालाई सम्झाउन नसक्नु आफ्नो विवशता भएको समेत उल्लेख गरेका छन्। ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ,’ रेशमले लेखेका छन्, ‘मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ।’

उनले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद घरझगडा मात्र नभएको प्रतिक्रिया दिएका छन्। उनले बूढाबूढीको झगडा मात्र नभई पार्टीको अस्तित्व जोगाउने प्रश्न भएको बताएका छन्।​ रेशमले ‘भोट हाल’ भन्नेहरूले आफूहरूलाई डुबाउने दाबी गरेका छन्। त्यसैले कसैलाई मत दिन नहुने पक्षमा रहेको उनको भनाइ छ।

‘कुरा बुझौँ, कुनै पनि गठबन्धनका पछाडि नलागौँ। नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिष्ट होइन, भौगोलिक साँस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो’, उनले भनेका छन्, ‘त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ। आफ्नो नीति सिद्धान्त अनुरूप चलौँ।’

निर्वाचन आयोगले आफूलाई मान्यता नदिएकोप्रति पनि उनले आक्रोश पोखेका छन्। ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ’, उनले लेखेका छन्, ‘सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...