View Point Long Banner Ad

लामो समय बन्धक भएकी महिलाको अमेरिकन प्रहरीले गर्याे उद्दार

एजेन्सी। सन् २०१७ देखी बेपत्ता भएकी एक अमेरिकन महिलाको उदार गरिएको छ ।

न्यूयोर्क पोस्टका अनुसार मिशिगन पुलिसले इन्कस्टरको एक मोटेलबाट २०१७ देखि हराइरहेको एक महिलालाई उनको चिच्याएको सुनेर उद्धार गरेको हो ।

मिशिगन स्टेट पुलिस एमएसपीका अनुसार पीडित महिलाले आफ्ना आमाबाबुलाई फोन गरेर आफूलाई मोटेलमा आफ्नो इच्छाविपरीत राखिएको जानकारी दिएपछि प्रहरीले उनको उद्दार गरेको हो ।

सन् २०१७ मा घरबाट बेपत्ता हुँदा उनी २० वर्षकी थिइन् । पीडित महिलाले घरमा फोन गरेपछि आमाले आफ्नी छोरीलाई मिशिगन एभिन्यूमा रहेको एभरग्रीन मोटेलमा बन्धक बनाएको जानकारी प्रहरीलाइ दिएकी थिइन् ।

पीडित महिलाको उमेर २७ वर्षको हाराहारीमा रहेको प्रहरीले जनाएको छ । उनको शरीरमा चोटपटकको निशान थिएन । उनलाई बन्धक बनाएको कोठा लागुऔषध र बन्दुकले भरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित महिलालाई अस्पताल लगिएको र परामर्श भइरहेको छ । साथै, पीडितलाई उनको परिवारसँग पुनर्मिलन गरिएको छ। यद्यपी प्रहरीले ती महिला बेपत्ता भए भन्नेबारे थप विवरण भने दिएको छैन र उनको परिचय गोप्य राखिएको छ ।

यसैबीच, लेफ्टिनेन्ट माइक शले भने, ‘हामी यस केसको अनुसन्धानमा के अगाडि आउँछ भनेर हेर्नेछौं। हामी यो मुद्दा मानव बेचबिखन वा घरेलु हिंसासँग सम्बन्धित छ कि छैन भनेर पनि हेर्नेछौं।’ तर, प्रहरीले शंकास्पद व्यक्तिको पहिचान गरिसकेको छ तर कसैलाई पनि पक्राउ गरिनसकेको जनाइएको छ ।

एभरग्रीन मोटेल नजिकै बिग जुग अटो सर्भिसका सञ्चालक मो जुगले भने, ‘सात वर्ष वा छ वर्षपछि हराएको महिला फेला पार्न पाउनु पत्याउनै नसकिने कुरा हो,’ अटो सेवा मालिकले भने, ‘तर अचम्म यतिका बर्षसम्म त्यहाँ केहि भएको देखिएन र सुनिएन, प्रहरीले उद्दार गरे पछि पो हामी अचम्ममा परयौं कि उनी यहाँ ६–७ बर्ष देखी थिइन ।’

मिशिगन राज्य पुलिसले अब ती महिला कसरी बेपत्ता भयो र अन्य कुनै पीडितहरू संलग्न छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...