फिल्म उपहारले पायो युनिभर्सल सर्टिफिकेट
काठमाडौं । यही फागुन २५ गते शुक्रबार रिलिज हुन लागेको फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति९सेन्सर बोर्ड०बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मन पराएको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
वि.सं.२०८० फागुन २० आइतवार १२:२७
















