View Point Long Banner Ad

बाहुबली निर्देशकले महेश बाबुलाई नयाँ लुक्समा ल्याउर्दै

एजेन्सी । आरआरआर र बाहुबली जस्ता फिल्म बनाएका निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्मको तयारी गरेका छन् ।

फिल्मको छायांकन भव्य रुपमा गरिने भएको छ, जसका लागि सेटदेखि कथासम्म राखिने छ । राजामौलीका फिल्महरू कथा देखि सेटसम्म बिल्कुलै फरक हुनेछन्। उनका फिल्मका कलाकारहरुको लुक्स पनि बिल्कुलै फरक छ । अब उनी तेलुगु सुपरस्टार महेश बाबुसँग अर्को फिल्म बनाउन लागिरहेका छन् । तर, आफ्नो फिल्मसँग सम्बन्धित कुनै पनि कुरा मिडियामा नआओस् भन्ने सुनिश्चितताका लागि उनले आफ्नो फिल्मका नायकमाथि प्रतिबन्ध लगाएको जनाइएको छ ।

यसरी राजामौलीको फिल्मलाई लिएर रोचक वातावरण बनिरहेको छ । हो, तपाईंले सहि सुन्नुभयो। भारतीय मिडियाका अनुसार आरआरआर र बाहुबली निर्देशक एसएस राजामौलीले महेश बाबुलाई दर्शक र मिडियाको नजरबाट टाढा रहन भनेका छन्। जसका कारण महेश बाबु दर्शक र मिडियाबाट अब केही समय टाढा रहने छन् ।

जसको कारण उनको नयाँ लुक नै रहेको बताइएको छ । फिल्ममा ‘गुन्टुर करम’ फेम अभिनेता महेश बाबु एकदमै फरक देखिने लगभग पक्का भएको छ । जसका कारण यो निर्णय गरिएको हो । यो लुकका लागि महेश बाबुले निकै मेहनत गरेको बताइएको छ । यसरी महेश बाबुका फ्यानले आफ्नो मनपर्ने कलाकारलाई केही दिन हेर्न पाउने छैनन् ।

महेश बाबुको बारेमा भनिएको छ कि उनलाई हलिउड ट्रेनर मार्फत नयाँ लुकको लागि तयार गरिदैँछ । जसका कारण एसएस राजामौलीको फिल्ममा महेशबाबु यस्तो क्यारेक्टर र लुक्समा देखिने छन्, जुन पहिले कहिल्यै कसैले देखेको थिएन । राजामौलीको यो फिल्म एडभेन्चर थ्रिलर रहेको बताइएको छ ।

यसको नामलाई लिएर पनि मिडियामा धेरै समाचार आइरहेका छन् । तर उनको अर्को फिल्मको बारेमा आधिकारिक रुपमा अहिलेसम्म मिडियालाई जानकारी दिइएको छैन । एसएस राजामौली एक निर्देशक हुन् जो लार्जर द लाइफ स्टोरीहरू भन्नका लागि परिचित छन्। चाहे त्यो उनको फिल्म बाहुबली होस् वा आरआरआर। यी फिल्मको लुक्स बिल्कुलै फरक थियो । कथाहरू सुनाउने शैली पनि दुर्लभ छ। बाहुबली फिल्मले प्रभासको करियरको अवस्था र दिशा बदलिदिएको थियो ।

प्रभासले आफ्नो करियरको पाँच वर्ष बाहुबलीका लागि दिएका थिए । यसबाट राजामौलीको निर्देशन र उनले कुन स्तरको काम गर्छन् भन्ने कुरा बुझ्न सकिन्छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...