View Point Long Banner Ad

सलमान भन्दा बढी कमाउँछन अजय देवगन

एजेन्सी। सिनेमामा कुनै समय यस्तो थियो, जहाँका फिल्मका कलाकारलाई केही हजार रुपैयाँ मात्रै पारिश्रमिक दिइन्थ्यो । त्यसपछि करिब तीस वर्षअघि सुपरस्टारले हरेक फिल्मका लागि करोडभन्दा बढी पारिश्रमिक लिन थालेका थिए। त्यसयता कलाकारको पारिश्रमिक ह्वात्तै बढेको छ, र आजभोली सुपरस्टारहरुले एउटा फिल्मका लागि १०० करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।

तपाईलाई थाहा छ सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता को हुन् रु जसले क्यामियो रोलका लागि प्रति मिनेट ४.५० करोड भारुमा सम्झौता गर्न सफल भएका छन् । शाहरुख खान, सलमान खानदेखि रणबीरसम्मको नाम तपाईको दिमागमा आउन सक्छ, तर सफलताको नयाँ कहानी रच्ने स्टार हुन् अजय देवगन।

कमाईको मामिलामा आमिर खान, शाहरुख खान, प्रभास, रजनीकान्त, सलमान खान र थालापथी विजय जस्ता नामहरू शीर्षमा छन्। यी सबै कलाकारको कमाई हरेक फिल्मबाट १०० करोडभन्दा बढी छ । कतिपयले आफ्ना ठूला हिट फिल्महरूबाट नाफा बाँडेर २०० करोडभन्दा बढी कमाएका छन्।

तर पनि उनको प्रतिमिनेट कमाई २/३ करोड रुपैयाँ पुग्छ । अजय देवगनले ती सबैलाई २०२१ मा छोड्न सफल भएका थिए । एसएस राजामौलीको आरआरआरमा एउटा सानो भूमिकाका लागि उनलाई ३५ करोड रुपैयाँ दिइएको थियो। अजय फिल्ममा ८ मिनेट मात्र पर्दामा थिए, जसको मतलब फिल्मको लागि उनको प्रति मिनेट शुल्क ४।५ करोडभन्दा बढी थियो।

अजय देवगन आरआरआरमा श्रिया सरनसँग एक फ्ल्यासब्याक दृश्यमा देखिएका थिए। यो ठूलो बजेटको फिल्मका लागि अजयले ठूलो रकम लिन सफल भए । अजय देवगनको पारिश्रमिक ३५ करोड रुपैयाँ छ । उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेमा नाफाको ५० प्रतिशत हिस्सा पनि लिने गरेका छन् । यसको मतलब तानाजी र दृश्यम २ जस्ता फिल्मका लागि उनको पारिश्रमिक १०० करोड रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...