View Point Long Banner Ad

‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता-२०८०’ सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौदीमा यही फागुन ५ गतेबाट सुरु भएको ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८० सम्पन्न भएको छ । ‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’ को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’ मा ४८ समुहले सहभागीता जनाएका थिए । जस मध्य कोटेश्वर बानेश्वर समितीका दिलिप थापा मगर र बिमा अनुरागी प्रथम भएका थिए, भने कोरिया शाखाका टेकराज भण्डारी र तारा थापा द्धितिय, जापान शाखाका निशान बिश्वकर्मा र सपना रोका तृतिय, अनामनगर समितीका बिजय बानिया र सबिता परियार सान्त्वना भए।

४८ समुह मध्य जुम्लाकी गीता सेजुवाल उत्कृष्ट नव गायिका, पाल्पाका रबिन नेपाली उत्कृष्ट नव गायक, बसपार्क समिती रातोकी जमुना बिक उत्कृष्ट प्रतिभावान गायिका, बसपार्क समितीका रत्न श्रेष्ठ उत्कृष्ट भेषभुषा, बागमती प्रदेशकी आशा केसी उत्कृष्ट भेषभुषा, लुम्बिनीकी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशिल गायिका, उपत्यका समन्वय समितीकी शर्मिला श्रेष्ठ उत्कृष्ट अनुशासित गायिका, काठमाडौंका अनिल सुनार उत्कृष्ट अनुशासित गायक, बागलुङका सुमन खड्का उत्कृष्ट गायक, सुन्धारा समितीकी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायिकाको छनौट भएका थिए ।

‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’ कार्यक्रमको प्रमुख आतिथि नागरिक उड्यन, पर्यटन तथा संस्कृती मन्त्री सुदन किरातीले गरेका थिए । त्यस्तै, कार्यक्रम केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, प्रतिष्ठानका पुर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनीलगायतको उपस्थिति रहेको थियो ।

‘ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०’मा प्रथम पुरस्कार ३ लाख रुपैया, द्धितिय पुरस्कार २ लाख रुपैया, तृतिय पुरस्कार १ लाख रुपैया, सान्त्वना पुरस्कार ५० हजार रुपैयाको व्यवस्था रहेको थियो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...