गन्धर्व समुदायका बालबालिकालाई सारङ्गी प्रशिक्षण
गण्डकी। गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा १ महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ।
गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मर बहादुर गायकले सहजीकरण गरेका थिए।
प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आकर्षित गरेको बताए। प्रशिक्षणका लागि १ महिनाको समयावधि कम भएको भन्दै उनले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता बताए।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासिन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गरे।
हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारङ्गी बाजाको महत्वलाई उजागर गरेको बताए।
वि.सं.२०८० माघ २९ सोमवार ०८:३२
















