View Point Long Banner Ad

नाफामा गयो नेसनल लाइफ इन्स्योरेन्स, कति कमायो ?

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ ।

यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको हो। यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...