ललितपुरमा जर्मन महिला मृत, फरेन्सिक टोलीले अनुसन्धान गर्दै
ललितपुर । ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन् ।
ललितपुर महानगरपालिकाे ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडी मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनी दुई वर्षदेखि त्यहाँ एक्लै बस्दै आएकी थिइन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । अहिले फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।
वि.सं.२०८० माघ १५ सोमवार १७:१७
















