View Point Long Banner Ad

जोगेन्द्र र भुपीमायाको सुमधुर स्वरमा ‘चिनो रुमाल’ माघ ५ गते रिलिज हुदै

काठमाडौं । प्यूठानमा जन्मिएका जोगेन्द्र विश्वकर्मा सानै उमेरदेखि गीत संगीतमा अत्यन्तै रुची राख्ने गर्दथे । सानै उमेरमा गाँउघरमा गीत गुनगुनाउने गर्थे रे । गाउँ घरतिर उनलाई हिरो, गायक भन्ने गर्दथे । सानै उमेरमा गीतसंगीतमा रुची भएकै कारण उनले गाउँघर र आफन्तहरुको न्यानो माया पाए । त्यहि मायाले आज जोगेन्द्र नेपाली दर्शकमा गायकको रुपमा परिचित भएका छन् ।

गीत संगीतको क्षेत्रमा केही योगदान दिने उद्देश्य लिएर काठमाडौं छिरेका जोगेन्द्र करिव ७ वर्षको संघर्षपछि आफ्नो आवाजमा गीत रेकर्ड गर्न सफल भएका छन् । उनले विगत २ वर्षसम्म नेपाली फिल्ममा काम गरे । भुपी माया तामाङ्ग र जोगेन्द्र विश्वकर्माको अवाजमा रहेको ‘चिनो रुमाल’ बोलको गीत कृष्ण लामिछानेले संगीत संयोजन गरेका हुन । गीतलाई राज बहादुर सानेले निर्देशन र विशाल परियारको टिमले छायांकन गरेका हुन ।

यो पहिलो गीत सोचेजस्तै बनेको गायक जोगेन्द्रले चिनारी टाइम्सलाई बताए । उनले भने, ‘यो पहिलो गीत सोचे भन्दा राम्रो भएको छ, मैले आशा गरेको छु, यो गीतले मलाई थप कार्यहरु गर्न हौसला मिल्ने छ’ ।

पढाइ लेखाइसँगै गीत संगीतमा केही गर्छु भन्ने उद्देश्य लिएर काठमाडौं छिरेका जोगेन्द्र सोचेको जस्तो नभएपछि गीतसंगीतमा लाग्न र स्थापित हुन निकै गाह्रो भएको हामीसँगको संवादमा बताए। उनले ६ बर्षसम्म गीतसंगीतमै काम गरे, उनले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन्। केहि चलचित्रमा पनि अभिनय गरेपनि स्थापित हुन नसकेमा मनलाई खल्लो बनाए । तर, असफलतानै सफलता हो भन्ने ठानेर सघर्षको मौदानबाट जोगेन्द्र भागेनन् । उनले बालापन हुदा देखेको सपना आज आएर पूरा गर्न सफल भएका छन् ।

उनको आफुले गायको गीतमा आफैले अभिनय गर्ने सपना थियो । त्यो सपना ‘चिनो रुमाल’बाट पुरा हुने गायक जोगेन्द्र बताउँछन् । चिनो रुमाल पछि लगतै उनले एकपछि अर्को गीत गर्ने बताए । अब गर्ने हरेक गीतमा दर्शकहरुको माया पाउनेमा गायक जोगेन्द्रले विश्वास सहित अपेक्षा गरेका छन् ।

यहिँ माघ ५ गते रिलिज हुने तयारी रहेको ‘चिनो रुमाल’ गीतमा अस्मिता रानपाल र गायक स्वयम जोगेन्द्र बिश्वकर्माले अभिनय गरेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...