‘मोदीबेनी’ फिल्म बन्दै
काठमाडौं । फिल्म ‘मोदीबेनी’ घोषणा गरिएको छ । शंकर कोइरालाले निर्देशन गर्ने फिल्मको छायांकन माघबाट हुने भएको छ ।
आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्म डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने छ । पहिलो चरण काभ्रेमा र दोस्रो चरण मोदीबेनी क्षेत्रमा छायांकन हुने जनाएको छ।
केकी अधिकारीले नायिकाको भुमिका हुने सम्भावना रहेको बुझिएको छ ।
वि.सं.२०८० माघ ३ बुधवार ०८:२४
















