View Point Long Banner Ad

मेसीले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।

अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारे। पेरिस सेन्ट जर्मेन पिएसजनीका फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जिते।

सिटीले २०२२(२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो। ३६ वर्षीय मेसीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा जानुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए।

मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।उनले पिएसजीका लागि नौ गोल गर्दै फ्रेन्च लिग १ उपाधि जितेका थिए र इन्टर मायमीले अमेरिकामा लिग कप जित्दा सात खेलमा १० गोल गरेका थिए। हालान्डले गत सिजन प्रिमियर लिगमा कीर्तिमानी ३६ गोल गरेका थिए। २०२२(२३ का सबै प्रतियोगितामा उनले कीर्तिमानी ५२ गोल गरेका थिए। जसमध्ये २८ गोल विश्व कप पछि आएका थिए। २५ वर्षीय एमबाप्पेले क्लबका २०२२(२३ मा १८ गोल गरेका थिए।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिएको हो। प्रत्येक क्षेत्रका लागि २५ प्रतिशत भोट मानिएको थियो। ‍मेसीले फुटबलको अर्को प्रतिष्ठित अवार्ड बालन डि’अर कीर्तिमानी आठ पटक जितिसकेका छन्। टिम अफ दि इयरमा इंग्लिस क्लब सिटीका खेलाडीहरुले बर्चश्व जमाएका छन्।

टिम अफ दि इयर
थिबाउट कोर्टोइस (रियल म्याड्रिड), जोन स्टोन्स, काइल वाकर, रुबेन डायस, बर्नार्डो सिल्भा (सबै म्यानचेस्टर सिटी), जुड बेलिङघम (रियल म्याड्रिड), केभिन डे ब्रुइन र एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन), लियोनल मेस्सी (इन्टर मायमी) र भिनिसियस जुनियर (रियल म्याड्रिड)।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...