आलमकाे मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै
काठमाडौं। रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पुर्व मन्त्री मोहम्मद अफताब आलमको विरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।
रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइ गर्न लागेको हो ।
यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश बमोजिम मङ्सिर २४ मा वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाबसमेत दिएको थियो ।
वि.सं.२०८० पुस २९ आइतवार ०९:२५
















