भीमदत्तका नगर प्रवक्ता खड्का मृत फेला
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको आशंका गरिएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वि.सं.२०८० पुस २६ बिहीवार ०९:४०
















